इलाम । सरस्वती पुजाको अवसरमा चुलाचुली गाउँपालिका वडा न. १ अवस्थित जनता माविको प्रांगणमा नवनिर्मित सरस्वती माताको मन्दिर उद्घाटन गरिएको छ । चुलाचुली २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति विजय थापाले मन्दिर उद्घाटन गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तान्छोहाङ् आङ्देम्बेको सभापतित्वमा आयोजित कार्यक्रममा स्थानीय बुद्धिजिबी समाजसेवी, शिक्षा प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चुलाचुली १ कमल निवासी स्व.विष्णुप्रसाद मैनालीको स्मृतिमा उनको परिवारद्वारा निर्माण गरिएको मन्दिर मंगलबारबाट विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । स्व. मैनालीका छोरा प्रकाश मैनालीले विद्यालय प्रांगणमा सरस्वती मन्दिर स्थापना अनुमति दिएकोमा मैनाली परिवार खुशी भएको बताए । उनले मन्दिर बनाउन करिब ३ लाख खर्च भएको जनाए ।
कार्यक्रममा मन्दिर बनाई दिने मैनाली परिवारलाइ विद्यालयका प्राध्यापक हरि दाहालले धन्यवाद दिएका थिए । कार्यक्रममा बिद्यालयका छात्र–छात्राहरुले सरस्वती पुजा गर्नुको साथै स–साना बालबालिकाहरुलाई अक्षराम्भ गराइएको थियो ।



763 पटक हेरिएको 






