प्रदेश १ को लगानी प्राधिकरण र निफ्राबीच समझदारी विभिन्न परियोजना अघि बढ्दै

समझदारी पत्रमा हस्ताक्षर

  सरलपाटी सम्वाददाता

 654 पटक हेरिएको

इलाम । प्रदेश नम्बर १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच विभिन्न परियोजना अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझादारी पत्रमा प्राधिकरणका तर्फबाट निर्देशक डाक्टर सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।

सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा वित्तीय तथा प्राविधिक सहकार्य तथा आवश्यक सेवाहरूको सम्बोधन गर्ने समझदारी भएको हो ।

कार्यक्रममा निर्देशक डा. सरोज कोइरालाले प्रदेश १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी गराए।

सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ सँग समझदारी पत्रमा हस्ताक्षर गरेसँगै अरू प्रदेश सरकार र पालिकासँग समेत सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार