आउँदो चुनावमा ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

नेता खनाल

  सरलपाटी सम्वाददाता

 491 पटक हेरिएको

 

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता झलनाथ खनालले प्रधानमन्त्रीको प्रतिगमन विरुद्धको आन्दोलनले केपी ओलीको तानाशाहलाई समाप्त पार्ने चेतावनी दिए ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले काठमाण्डौमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले शान्तिपूर्ण आन्दोलनको आवाज नसुने आन्दोलनको आगोले ओलीको तानाशाहलाई समाप्त पार्ने बताए ।

प्रतिगमन विरुद्धको आन्दोलनमा सबै वर्ग, तह र नागरिक समाज पनि सहभागी भएकाले यो आन्दोलनको आवाज सुनिएन भने ठूलो आगो दन्किने नेता खनालले चेतावनी दिए।

उनले भने, ‘यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किने छ । जनआन्दोलनको आगो दन्किने छ । आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारेर छोड्ने छ ।’ प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव गराउने र आफूले दुई तिहाइ बहुमत ल्याउने भन्दै आएकोमा व्यङ्ग्य गर्दै उनले आउँदो चुनावमा ओलीको जमानत जफत हुने ठोकुवा गरे ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोग र आयुक्तहरूलाई धम्क्याउने काम गरेकाले पार्टीको आधिकारिताको निर्णय गर्न आयुक्तहरूलाई सकस परेको उल्लेख गर्दै उनले आधिकारिक पार्टी आफूहरू नै रहेकाले कानुन, प्रक्रिया मिलाएर छिट्टै घोषणा गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार