हत्यारालाई कारबाहीको माग गर्दे, प्रधानमन्त्रीलाई पत्र

पत्र

  सरलपाटी सम्वाददाता

 432 पटक हेरिएको

इलाम । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीनदिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै इलामबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाईएको छ ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) इलामले बलात्कारीको हत्यारालाई कारबाही गर्न माग गर्दे जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ज्ञापन पत्र पठाएको हो । ज्ञापनपत्रमा भनिएको छ देशमा पटक पटक बलत्कार पछि बालिकाको हत्या भईरहँदना पनि हत्यारा पत्ता नलाग्नु लज्जासपदभएको भन्दै तत्काल हत्यारा पत्ता लगाई कार्वाहि गर्न आग्रह गरेको छ ।

केही दिनअघि वैतडीकी एक बालिकामाथि भएको बलात्कार र हत्याको तुरुन्त छानविन गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

वैतडीको दोगडास्थित केदार गाउँपालिकास्थित वडा नं. ७ की १७ बर्षीय भूमिका भट्ट विद्यालयबाट घर फर्किने क्रममा वेपत्ता भएकी थिइन् । माघ २१ गते वेपत्ता भएकी भट्टको भोलिपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार