नेकपाको आधिकारिकताबारे आयोगले कुनै निर्णय गरेको छैन – आयुक्त पौड्याल

नेकपा आधिकारिकताको विवाद आयोगले टुङ्ग्याइ सक्यो –सुवासचन्द्र नेम्वाङ

  सरलपाटी सम्वाददाता

 436 पटक हेरिएको

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

शुक्रवार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाको ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले चुनाव गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताए ।

नेता नेम्वाङले निर्वाचन आयोगले ढिलो नगरि काम अगाडि बढाउनु पर्ने भन्दै चुनावको काममा आफूहरूको सहयोग र समर्थन रहने समेत बताए । निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले चुनाव तयारीका सम्बन्धमा अहिलेसम्म गरेका कामको विषयमा छलफल गर्न भनि शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो । ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित भएका थिए ।

आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले चुनाव तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिए । आयोगले चुनावसम्बन्धी तयारी गर्न ढिला गर्न नहुने उनको भनाइ छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइ सकेको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार