इलामका १२ विद्यालयलाई टेबल टेनिस बोर्ड वितरण

  सरलपाटी सम्वाददाता

 766 पटक हेरिएको


इलाम।इलाम नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयहरुलाई टेबल टेनिस बोर्ड वितरण गरेको छ ।
खेलकुदको माध्यमबाट विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न र खेलकुद मैत्री विद्यालयको आधार तयार गर्नका लागि प्रारम्भिक चरणमा नगरका १२ विद्यालयहरुलाई टीटी बोर्ड प्रदान गरिएको नगरपालिकाले जनाएको छ । विद्यालयमै पुगेर नगर प्रमुख महेश बस्नेतले टीटी बोर्ड विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
सामुदायिक तर्फ नगरका आदर्श, अमर, बालमण्डल, नेपालटार, भगवती, साङरुम्बा, पूर्ण स्मारक माध्यमिक विद्यालय र निजी तर्फका इलाइट एकाडेमी, प्रज्ञा सदन, मण्टेश्वरी ग्रीन हीन, विवि मेमोरियल नेपालटारलाई बोर्ड वितरण गरिएको हो ।
अमर माविमा बोर्ड हस्तान्तरण गर्दै नगर प्रमुख बस्नेतले आगामी दिनमा नगरका अन्य विद्यालयहरुलाई पनि खेल सामग्रीहरु प्रदान गरिने बताए । विद्यार्थीहरुलाई अनुशासित, स्वास्थ्य बनाउनका साथै खेल क्षेत्रको प्रतिभा प्रष्फुटनमा सहयोग पुगोस् भन्ने उदेश्यले विद्यालयहरुलाई खेल सामग्री वितरण गरिएको पनि उनले बताए । इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष ठाकूर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का अध्यक्ष नूतनदेव दुलाल, विद्यालयका अध्यक्ष गोविन्द पौडेल र विद्यालयका प्रम सोमनाथ निरौलाले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार