अनेरास्ववियू इलामको संयोजकमा मिलन

  सरलपाटी सम्वाददाता

 693 पटक हेरिएको

इलाम । अनेरास्ववियू इलामले मिलन खत्रीको संयोजकत्वमा ९९ सदस्यीय २४ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

नेकपा(ओली) पक्षीय अनेरास्ववियूको भरखरै सम्पन्न जिल्ला भेलाले सम्मेलन आयोजक समिति गठन गरेको हो ।

प्रवेश पराजुलीको प्रमुख आतिथ्य तथा केन्द्रीय कार्यालय सदस्य रश्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सहसंयोजकमा राजेन्द्र फागोलाई चयन गरेको छ । यसरीनै भेलाले १३ सदस्यीय कार्यालय सदस्य, २६ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
भेलाले इलामका १० वटै तहहरुमा संयोजकको पनि चयन गरेको छ ।

हेर्नुहोस् समितिको पूरा नामावलीः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार