एन्जिओ र आईएन्जिओलाई कार्वाहिको माग

प्रेस विज्ञप्ती

  सरलपाटी सम्वाददाता

 710 पटक हेरिएको

इलाम । बर्हिगमित जनमूक्ति सेना नेपालले एन्जिओ र आईएन्जिओलाई कार्वाहिको माग गर्दे बिहीबार प्रेस विज्ञप्ति निकालेको छ ।

पछिल्लो समयमा नेपालको शान्ति प्रक्रिया, बालसेनाको व्यवस्थापन, घाईते तथा अपाङ्गता भएका व्याक्तिहरुको व्यवस्थापन सहित बेपत्ता परिवारको व्यवस्थापनको नाममा केहि एन्जिओ र आईएन्जिओहरुले गलत क्रियाकलाप गरेको भन्दै कार्वाहिको माग गरिएको विज्ञप्तीमा उल्लेख छ ।

खास गरी नेपाल पिस बिल्डिङ इनिसिएटिभ नामक एन्जिओले गलत क्रियाकलाप गरेको भन्दै गलत क्रियाकलाप गर्ने संस्थालार्ई नेपालका संयोजक अर्जुन बुढाथोकी तथा सचिव शोभा पराजुलीको हस्ताक्षरमा निकालिएको विज्ञप्ती मार्फत कार्वाहिको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार