अझै पनि म कम्युनिस्ट एकताकै पक्षमा छु – प्रचण्ड

राजनीति किचलो

  सरलपाटी सम्वाददाता

 257 पटक हेरिएको

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि आफू कम्युनिस्ट एकताको पक्षमै रहेको बताए। आफू सबैलाई मिलाएर एकताबद्ध बनाउने पक्षमै रहेकोले अझै पनि एकीकृत भएर अघि बढ्नुपर्ने उनको ।

बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उनले संसद् असंवैधानिक रूपले विघटन गरिएको बताए । उनले अहिलेसम्मको उपलब्धि गुमाउने षड्यन्त्रको रूपमा संसद् विघटनको घोषणा भएको भन्दै त्यो षड्यन्त्र पूरा हुन नदिने बताए ।

यसअघिको नेकपाको बैठकले मदननगरलाई विश्व कम्युनिस्ट आन्दोलनको अध्यनस्थल बनाउने निर्णयसहित नयाँ भवन बनाउने भनेको थियो । त्यही निर्णय अनुसार मदननगरमा नयाँ भवन बनाउने घोषणा गर्दै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत मदन नगर बल्खु पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार