नगरपालिका भन्छ हामीले चियाबारी मासेका छैनौं

बहुतले भवन निर्माण

  सरलपाटी सम्वाददाता

 381 पटक हेरिएको

इलाम । सामाजिक सञ्जालमा देशको ऐतिहासिक चिया बगान मासेको भन्ने भ्रमक समाचार भएको इलाम नगरपालिकाले बताएको छ । नगरपालिकाले विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएको समाचार भ्रामक भएको बताएको हो ।

प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामकुमार साहको हस्ताक्षर भएको विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएजस्तो ऐतिहासिक चिया बगान मासेर संरचना नबनाएको बताएका छन् । चिया बगानको जमिन अतिक्रमण गरेर वसपार्कमा बहुतले भवन निर्माण गर्ने नगरपालिकाको कुनै योजना नरहेको भन्दै वर्तमान आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार निर्माणको कार्य भईरहेको बताइएको छ ।

नगरपालिकाले भ्रामक समाचारको पछि नलाग्न नगरवासीमा अनुरोध गरिएको छ । नगरपालिकाको विज्ञप्ति अनुसार आफ्नो जग्गाको सिमाना मिलाउने कार्य गरिरहेको अवस्थामा बहुतले भवन निर्माणका लागि घडेरी सम्याउँदा साँध, सिमानाका जग्गा र चियाबारीतर्फ क्षति न्यून गरिएको र भविस्यमा समेत चिया वगानको संरक्षणमा नगरपालिका प्रतिबद्घ रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘चिया बगानमा सकेसम्म क्षति न्यूनीकरणका लागि नगरपालिकाबाटै पर्खाल लगाएको उल्लेख छ । वि.सं. २०३९ सालमा तत्कालीन पञ्च श्री वेनुपराज प्रसाईको कार्यकालमै साविक इनपा २।ख कित्ता नं. ११७, ४५९, ४६६ क्षेत्रफल ४।१२।२।० भएको २६ हजार एकसय ८४ दशमलव १३ वर्ग फिट भएको जग्गा खरिद गरी वसपार्कको प्रयोजनमा ल्याईएको थियो’–विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार