थप १ हजार ६६९ मा कोरोना सङ्क्रमण पुष्टि

५ हजार ६९९ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 272 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार तीन सय आठ पुगेको छ । आइतबार थप एक हजार ६ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा पाँच हजार ६ सय ९९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ पुगेको छ ।

अब नेपालमा १९ हजार नौ सय ६३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १६ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय २१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार