पहिलो पटक काग सम्मेलन इलाममा

काग तिहार

  सरलपाटी सम्वाददाता

 1641 पटक हेरिएको

इलाम । पहिलो पटक बृहत १७ औं काग सम्मेलन २०७७ इलाममा सम्पन्न भएको छ । इलामको इलाम नगरपालिकास्थित चोक बजारमा शुक्रबार काग सम्मेलन गरिएको हो ।

हरेक वर्ष काग तिहारका दिन भएभरका कागलाई बटुल्न काग सम्मेलन गर्दै आइएको छ । यस वर्ष भने कागे राष्ट्रिय संगीतकर्मी समितिका केन्द्रीय उपाध्यक्ष तथा सम्मेलन कर्ता रमेश दुलालले पहिलो पटक आफ्नै गृहजिल्लामा आएर सम्मेलन गरेको राष्ट्रिय लोक सांस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समितिले जनाएको छ ।

समाजका अनुसार, यस वर्ष उल्लेखनिय मात्रामा काग भेला भने भएन । चोकमा हल्लाका कारण काग कम आएको भन्दै माइस्थान मन्दिरमा समेत सम्मेलनकर्ता दुलालले कागको आवाज निकालेर कागलाई डाकेको बताइएको छ ।

सम्मेलन राष्ट्रिय लोक सांस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समिति इलाम मलातेले आयोजना गरेको हो । जिल्लाका सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिका साथै इलाम सेवा समाज र दक्षिण कोरिया समेतको सहयोगमा सम्मेलनको आयोजना गरिएको समितिले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार