
इलाम । इलाम नगरपालिका एकमा निर्माण हुने झुत्रेखोला साँखेजुङ सिञ्चाई योजनाको शिलन्यास तथा योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । योजनाको शिलन्यास इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शिलन्यास गरेका हुन । ४७ लाख ३६ हजार तीनसय रुपैयाँ लागतमा निर्माण हुने यो योजनाबाट १२ सय रोपनि क्षेत्रफलका एक सय आठ घर धुरी लाभान्वित हुने छन । इलाम नगरपालिका र स्विजसरकारको साझेदारीमा निर्माण हुन लागेको यास योजनाको लम्वाई ४२६.८५ मिटर रहेको इलाम नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार जम्मा रकमको स्थानीय जन सहभागिता १० प्रतिशत,इलाम नगरपालिकाको २० प्रतिशत,संघीय सरकारको ३० प्रतिशत र स्विज सरकारको ४० प्रतिशत लागतमा पौस १५ गते सम्ममा सम्पन्न गर्नुपर्ने छ । परामर्सदाता केशव लामाले योजनाको प्रविधिक विषयमा जानकारी राखेका थिए । सिञ्चाई योजनाको अध्यक्ष टेकबहादुर लोक्ताम अध्यक्षता, इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता र वडाध्यक्षको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


898 पटक हेरिएको 






