इलाम । इलाम हाम्रो चियाबारी राम्रो एक पल्ट पुगौ न
चियाबारी डाँडा घुमेर हेर्न केहीदिन बसौ न……
पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालको लेखन, याम बरालको श्वरको यो गितले पनि इलामको चिया बारीको चर्चा छ । यो गितमा इलाम आएर चियाबारी हेर्न बस्नै पर्छ भन्ने छ । गीतमा चिया बारी हेर्न केहिदिन नबसी हुँदैन भन्ने झल्काएको छ ।
इलामै शहर चियाबारी राम्रो त्यहि पर्यो घर हाम्रो
कसकी हौ छोरी पातली मरि लैजाने आँट हाम्रो…..
लेखक गंगाराज मुकारुङ,निर्देशक जिवन मुकारुङ, बुलु मुकारुङ र कुन्ति मोक्तानको श्वरको यो गीतले इलामको चियालाई चिनाएको छ । हुन पनि गीतमा भने भन्दा कम छैन इलामको चिया बगान । जिल्ला भरिनै मोहित पार्ने चिया बगान थुप्रै छन । त्यसमा पनि इलाम नगरपालिका ५ को घलेटार पुग्दा जो कोहिको मुखबाट आहा ! आवाज निस्कन्छ ।
वरिपरि चियाका बुटा मिलेर विचमा मैदान झैँ बसेको भाग । त्यहि बगानको डिलै डिल हुँदै माईपोखरि जाने कालो पत्रे बाटो । गाडिको झ्याल बाटै देखिने यो तस्विरले त्यहाँ पुगेपछि गाडिको ब्रेक लाग्ने गर्छ । लाग्न पनि किन नलागोस त्यहाँको दृष्य नै ब्रेक लगाउने छ । सानो बगान भए पनि ठूलो पहिचान सहित बसेको यो बगानमा न लोभिने कोहि हुँदैन ।
लामो समयको झरि सँगै खुलेको इलामले मनै लोभ्याउन थालेको छ । सुन्दर चियाका थुम्का थुम्का र स्टुडियम झैँ देखिने चिया बगानले पनि मन लोभ्याउन थालेको हो । असोजको खुलेको आकास अनि चियाको स्टुडियम भित्र चिसो हावाको स्पर्स लिँदै रमाउन कसलाई मन हुँदैन । साँचै चियाको स्टुडियममा नै रमाउनु हुन्छ भने इलाम आउनै पर्छ ।
इलाम नगरपालिका ५ स्थित घलेटारमा रहेको चिया बगान पुग्नै पर्छ । त्यहाँको तस्विर हर्दा एक पटक पुगौ पुगौ बनाई दिन्छ । त्यहाँ गुग्दा कस्तो होला आफै सम्झनुहोस त एक पटक । त्यहाँ पुग्दा एका तिर स्टेडियम झै देखिने चिया बगान त अर्को तिरबाट जिल्लाको आधा भाग सँगै विव्ल्याटे बजार । हरियालि वातावरण र चरा चुरुङ्गीका चिविरि आवजले दिन वितेको पत्तै हुँदैन । त्यहाँ पुपेपछि अर्गानिक चियाका बगान र त्यहाँ चलेको हावाले तपाईको मुखमा भएको मास्क फुकालेको पत्तै हुँदैन ।
त्यहाँबाट हरियालि चियाका बगान र थुम्कै थुम्का देखिने डाँडा काँडासँग रमाउँदै माईपोखरी हुँदै सन्दकपुरसम्म पुग्न सकिन्छ । धेरै जसो पर्यटक इलाममा चिया हेर्नकै लागि आउँछन । तर कन्याम बाटै फर्कन्छ । कन्याम मात्र होईन इलामका लागि धेरै स्थानमा सुन्दर चियाका बगान छन ।
यहाँ पुग्नको लागि इलाम सदरमुकाम बाट ५ किलोमिटरको यात्रामा इलाम नगरपालिका ५ को विव्ल्याँटे बजार पुगिन्छ । बजार कटेसँगै पहिलो सडकको घुम्तिले माईपोखरि जाने बाटो पुर्याईदिन्छ । त्यहाँबाट एक किलोमिटरको यात्रामै घलेटारको चिया बगान पुगिन्छ । एक सय ५७ वर्षको इतिहास हेर्न पनि इलाम सदरमूकाम आउनै पर्छ । इलाम नगरपालिका ७ मा रहेको चिया बगान हेरे पछि मात्रै चियाको इतिहास देखिन्छ । तस्विर : सोम सुनुवारको फेसबुक बाट


1174 पटक हेरिएको 






