इलाम । भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा एक लाख भन्दा बढीको अवैध सामान बरामत गरिएको छ । इलामको सुर्योदय नगरपालिका २ मानेभञ्याङ् रोड छेउको जंगलबाट एक लाख ३६ हजार चार सय ८० रुपैँया बराबरको भारतीय सामान बरामत गरिएको हो ।
जसमा तीस कार्टुन रेडबुल र पाँच कार्टुन भाडा माच्ने साबुन बरामत भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । आवश्यक कारवाहीका लागि बरामत सामान इलामको भन्सार कार्यलय पशुपतिनगर इलाममा बुझाईएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।


437 पटक हेरिएको 






