पालिकाले तोकेको मापदण्ड पालना गरे कोरोना नियन्त्रण हुन्छ

अन्तरवार्ता

सन्दकपुर गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत महेश राईसँग कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानी ।

# तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
विश्वभर कोरोना संक्रमण फैलिरहँदा नेपाल पनि टाढा रहन सकेन र चैत्र ११ गतेबाट लकडाउन शुरु भयो । लकडाउन शुरु भएसँगै देशको विभिन्न जिल्लामा संक्रमण फैलने र मृत्यू हुनेको संख्या पनि बढिरहेको छ । तर हाम्रो सन्दकपुर गाउँपालिकाको अहिलेसम्मको अवस्था भने सामान्य रहेको छ ।
# कोरोना संक्रमण रोक्न के कस्ता उपाय अपनाउनु भएको छ ?
नेपाल भारतसँगको खुल्ला सिमाना भएको गाउँपालिका भएको कारण सिमाबाट आवत जावत बन्द गरीएको छ । सार्वजनिकस्थल सँघसंस्थामा जाँदा सामाजिक दुरी कायम गर्ने कुरामा कडाई छ । सार्वजनिक स्थलमा सेनिटाईजर र माक्स साथै साबुन पानीको अनिवार्य व्यवस्था गरेका छौँ । स्थानीय स्तरमा क्वारेन्टाईनको व्यवस्था गरीएको छ ।
# कोरोना संक्रमण रोक्न स्थानिय जनताबाट के अपेक्षा छ ?
गाउँपालिकाले तोकेको मापदण्ड पुरा गर्ने र आफ्नो ठाउँमा नया मान्छे कोही आएको थाहा पाए सम्बन्धित ठाउँमा जानकारी गराईदिनु होला ।
अनावश्यक हिँडडुल र पार्टि भोजभतेरमा नगई आफू सुरक्षित बस्ने गर्नुहोस । विदेशबाट तपाईको आफन्त आएको भएपनि खबर गरीदिनु किनकी कोरोना संक्रमण रहेछ नै भने पनि उपचार गर्न सहज र अन्यन्त्र फैलनबाट रोक्न सकिन्छ ।
# कोरोना संक्रमण नियन्त्रणका लागी केन्द्रिय सरकारबाट कस्तो सहयोग पाउनु भएको छ ?
केन्द्रिय सरकारले हाम्रो गाउँपालिकाका लागि सहयोग गरेको छैन । जिल्ला प्रशासन कार्यालय मार्फत पाँच लाख रुपैयाँ आएको छ अरे भन्ने सुन्नमा छ तर अहिलेसम्म आधिकारीक जानकारी नपाएको अवस्था हो । यहाँ विभिन्न संघसंस्थाको सहयोगमा मास्क, सेनिटाइजर वितरण भएको छ तर केन्द्रिय सरकारबाट भने अहिलेसम्म सहयोग पाएको छैन ।
# कोरोना संक्रमण नियन्त्रणका लागी केन्द्रिय सरकारले चाल्नुपर्ने कदम के-के छन् ?
कोरोना संक्रमण फैलिरहँदा यसका विरुद्ध लड्न गाउँपालिकालाई आर्थिक र प्रविधिक रुपमा सबल बनाउनु पर्छ । राहत कोषमा सहयोग आएको छैन त्यसलाई व्यस्थित बनाउनु पर्छ । अन्तर जिल्लामा हुने सवारी साधन लापरवाही रुपमा चलिरहेको पाइएको हुँदा यसलाई तत्काल बन्द गरिनुपर्छ ।

स्थानीय स्तरमा व्यवस्थित क्वारेन्टाईन निर्माणको लागी केन्द्रबाट व्यवस्थापन गर्नु पर्ने र विदेशबाट आउने नागरिकलाई जुन ठाउँको हो त्यहि पठाउने कारणले केन्दिय सरकारले स्थानीय सरकारलाई गरे गर नगरे नगर भने झै गरेको छ । यसो गर्नु भन्दा पनि जुन ठाउँमा आएको हो त्यहि निश्चित समय राखेर सबै टेस्ट सकेपछि मात्र पठाउने हो भने कोरोना संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार