इलाम । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ५०० ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी रु २० रुपैयाँले घटेर प्रतितोला रु १ हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।


231 पटक हेरिएको 






