एक वर्ष कैद फैसला भएका अभियुक्त २१ वर्षपछि पक्राउ

अभियुक्त पक्राउ

  सरलपाटी सम्वाददाता

 440 पटक हेरिएको

इलाम । जिल्ला अदालतले एक वर्ष कैद सजाय फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ४ का ४१ वर्षका दिपक दर्जी रहेका छन ।

उनलाई माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । वन सम्बन्धी मुद्धामा जिल्ला अदालत इलामले २०५६ असार ९ गते एक वर्ष कैद सजाय सुनाएको थियो तर उनी फरार थिए ।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको प्रहरी नायव उपरीक्षक लालध्वज सुुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार