
बस्ने सबैकाँ ढसमस्स खाली
रवाफ ठूलो छ सधै अगाडी
थियो अगाडी अहिले पनी छ
पछी पनी यो अघि नै हुनेछ ।।१।
केन्द्रै भई बस्छ शरीर भीत्रै
सञ्चालनै गर्छ सधै विचीत्रै
दिने सधै शक्ति शरीर माथी
मिले ठिकै छन् अनि हुन् ति साथी ।।२।।
गोदामहो ,भट्टि शरीर भित्र
पचाउँदै दिन्छ रशै पवीत्र
मस्तिष्क साथै सब अङ्ग चल्छन्
नियन्त्रणै गर्छ शरीर भन्छन् ।।३।।
खाएर टन्नै खुसि हुन्छ पैले
डकारदै हुन्छ अघाइ ऐले
घट्यो सबै खाइ सक्यो पचायो
रित्तो भयो खान भनी अह्रायो ।।४।।
ढीलो भयो अन्नभकारि भर्न
दिदैन शक्ती सब अङ्ग चल्न
आतङ्क मच्चाउछ त्यो छिनैमा
लिनै भएँ प्राण भनीजिवन्मा ।।५।।
चेतावनी दिन्छ गरी विछट्ट
पार्ने भयो कीदिन रात लठ्ठ
तिर्मीर आँखा रिंगटा चलायो
खानाभनीखान करै लगायो ।।६।।
सानो ठुलो हुन्छ आकारमा यो
खाएर भर्ने गुण नै छ यस्को
पेटै भनीनाम रहेछ अर्काे
भर्नै सकिन्नदिनरातझर्काे ।।७।।
भर्नै भनीमानिस ध्यान दिन्छ
भ–यो छिनैमा छिनमा रितिन्छ
भण्डार सारा जति नै लगायो
आखिर खाइयसले पचायो ।।८।।
सानो र ठूलो भनि भेद गर्छन्
आपस्तमा नै झगडा ति पर्छन्
ठूला भएका सबक्वाप्प खान्छन्
सानाजती छन् ति धुरुक्क रुन्छन् ।।९।।
मनूष जाती यसकै पछाडी
प््रायत्न गर्छन् निजभर्न खाखी
चोरी, डकैती अनि राजद्वन्द्व
हत्या लडाइ झगडा विछन्द ।।१०।।
साँझै विहानै दिनरात उस्तै
सभा र गोष्ठी छलफल् छ यस्कै
सम्मानमा नै पदमा यसैको
बढो ठुलो गौरव भो उसैको ।।११।।
ठूलाभएकाहरु भाग ठूलो
पुस्ताति सातै संम नै बटुलो
सानाहरुको पनि भाग खोसी
गर्दै रहेको छ तमाम बेसी ।।१२।।
ठूला पसेका दरवार भित्रै
गर्छन् घमासान सधै विचीत्रै
पुस्ता कती वंश कती सकायो
थ्यो अक्तियारै पनित्यो पचायो ।।१३।।
ठूलाहरुको पनि टक्करै त्यो
दर्वार भीत्रै पहिल्यै छदैथ्यो
गाउँ नगर्मा पनि यो सरे छ
अजङ्खको भूडि अझै बढे छ ।।१४।।
होटेलमा कक्टेल नै चलायो
भुडीहरुकै झगडा बढायो
भेटे जती जुन पनि त्यो लिन्छ
ज्यादै चमत्कारि भुडी रहेछ ।।१५।।
नाम – त्रिविक्रम न्योपाने
ठेगाना – देउमाइ नगरपालिका–९, जीतपुर, इलाम
श्री जीतपुर माध्यमिक विद्यालय, देउमाइ नगरपालिका–९, जीतपुर, इलाम


1252 पटक हेरिएको 






