सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो

एक लाख दुई हजार ४ सय रुपैयाँ

  सरलपाटी सम्वाददाता

 266 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । केही दिनयता लगातार बढेको सुनको भाउ हिजो र आज भने केही घटेको छ ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार