काठमाडौँ । नेपालमा आज थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ३११ जनामा कोरोनाको संक्रमण देखिएको बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार ६३ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ । पछिल्लो २४ घन्टामा १२१ जना डिस्चार्ज भएका छन् ।


261 पटक हेरिएको 






