बालिका थपलियाको अब्राहम लिंकनको नेपाली अनुवाद सार्वजनिक

अब्राहम लिंकन

  सरलपाटी सम्वाददाता

 1290 पटक हेरिएको

इलाम । अमेरिकाको पूर्व राष्ट्रपति अब्राहम लिंकनको जीवनीको नेपाली अनुवाद सार्वजनिक भएको छ । लेखक बालिका थपलियाले पुस्तकको नेपालीमा अनुवाद गरेकी हुन् । पुस्तक केही साता अघि बजारमा आएको हो । अब्राहम लिंकनको जीवनी लेखेको तीनवटा पुस्तकलाई सम्पादन र अनुवाद गरेर एउटा नेपाली संस्करण बनाएको लेखक थपलियाले जानकारी दिइन् ।

‘जीवनीबाट संघर्ष गर्न सक्यो भने लक्ष्य भेट्न सकिन्छ भन्ने प्रेरणदायी सन्देश पाइन्छ’, पुस्तकका बारेमा थपलियाले भनिन्,‘अब्राहम लिंकनकोबारेमा बुझ्न नेपाली पाठकलाई सजिलो हुन्छ ।’ थपलियाले चार वर्ष अघि नै अुनवाद पुरा गरेको भए पनि पाँचपोखरी पब्लिकेशनले केही साता अघि पुस्तक बजारमा ल्याएको होे ।

थपलियाले २०७० सालमा नेलशन मण्डलाको जीवनी समेत अनुवाद गरेकी छिन् । त्यस्तै २०७५ सालमा हेलेन केलरको जीवनी २०७५ सालमा प्रकाशित भएको थियो । गएको भदौमा थपलियाको कविता संग्रह प्रणयपथ प्रकाशन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार