नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

थप ११८ जनामा कोरोनाको संक्रमण पुष्टि

  सरलपाटी सम्वाददाता

 368 पटक हेरिएको

काठमाडौँ । नेपालमा आज थप ११८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ११८ जनामा कोरोनाको संक्रमण देखिएको बताउए।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६ हजार ६४९ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३५ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या आठ हजार ११ पुगेको छ । पछिल्लो २४ घन्टामा १२० जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार