सलह भगाउन तत्काल यी काम गरौँ

नेपालमा दोस्रो पटक सलह

  सरलपाटी सम्वाददाता

 255 पटक हेरिएको

काठमाण्डौ । भारतबाट शनिबार प्रवेश गरेको सलह कीरा देशका धेरै ठाउँमा पुगिसकेको छ । केही जिल्लामा अलि धेरै समस्या देखिएको छ । सलह भगाउन विषादी प्रयोग गर्ने भन्दा पनि यसलाई विभिन्न आवाज दिएर भगाउनुपर्ने हुन्छ । किसानले पनि ठूलो आवाज दिएर धपाउने प्रयास गरिरहेका छन् ।

गएको शनिबार भित्रिएका सलहका झुण्डहरू धेरै नै विखण्डन भैसकेका छन् । पहिलो दिन प्रवेश गरेका सलहको अस्तित्व नै झण्डै सकिसकेको अवस्था छ । यसबाट क्षति हुन नदिन र न्यूनीकरण गर्न विभिन्न विधिहरु अपनाउन सकिन्छ ।

– टिन ठटाउने र ताली बजाउने
– गीत संगीत बजाउने
– आगो बालौँ
– धानका ब्याडहरूमा पानी लगाएर राखौँ
– रासायनिक विषादी छर्कने काम नगरौँ
– मोबाइलमा भिडियो खिचेर रमिते नबनौँ
– हल्लाखल्ला गरेर पनि धपाउन सकिन्छ
– सामूहिक प्रयास आवश्यक छ
– नेपाल प्रवेश गरेका सलह चलायमान छन्

नेपालमा सन् १९६२ मा नै सलह देखिएको थियो । झण्डै ६० वर्षपछि अहिले फेरि हामीले अनुभव गरिरहेका छौँ । वि.सं. १९८५/८६ सालमा पनि यसको झुण्ड देखिएको थियो ।

मरुभूमि क्षेत्रमा रहने यो कीरा हावाको बहावसँगै नेपाल प्रवेश गरेको हो । मरुभूमि क्षेत्रमा यो वर्ष पानी परेको छ । त्यस ठाउँमा पानी परेकोले सलह कीराका लागि अनुकूल वातावरण भैदियो ।

उनीहरुका लागि वातावरण अनुकूल भएसँगै झण्डै ४ सय प्रतिशत यसको संख्या बढेको छ । संख्या बढेसँगै उनीहरुलाई खानेकुराको अभाव हुन थाल्यो । मरुभूमिमा खानेकुरा नपाएसँगै उनीहरु तितरवितर भएका हुन् । यो हरेक वर्ष आउने भन्ने होइन, हामीकहाँ पहिले पनि आएको थियो ।

वि.सं.२०४४/०४५ सालतिर पनि ठ्याक्कै यस्तै प्रकारका सलहको प्रकोपको कुरा आएको थियो । तर नेपालमा भने प्रवेश गरेन । भारतका विभिन्न ठाउँमा त्यतिबेला पनि क्षति पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार