हेर्नुहोस् त इलामा यसरी मनाइयो रोपाई जात्रा

  सरलपाटी सम्वाददाता

 719 पटक हेरिएको

परम्परादेखि इलाम सदरमुकाममा निकालिने रोपाईं जात्रा बिहीबार पदर्शन गरिएको छ । बिशेषगरी नेवारी समुदायको पर्वको रुपमा पर्ने भएपनि इलाममा भने जात्रामा सबै जातजातिको सहभागिता रहने गरेको छ । नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा निकालिएको जात्रा इलामको नारायणस्थानदेखि सुरु भएर इलाम चोकबजारलाई परिक्रमा गरेर इलाम चियाबारी हुँदै ठूलो टुँडिखेलसम्म पु¥याइने छ । जात्रामा २० जनाभन्दा बढी रोपार, दुई हल गोरु, बाउसे सबैको सहभागिता थियो । रोपाईं जात्रा हेर्नका लागि गाउँ गाउँबाट मानिस आएका थिए ।
नेवारी समुदायले नाग पञ्चमीदेखि निकाल्ने लाखे नाच, गाई जात्रा समेत निकालिने गरिएको छ । नेवारी समुदायमा यी जात्रा तथा नाच भाद्र कृष्णाष्ठमी सम्म निकालिने परम्परा रहेको छ । इतिहासकार युद्धप्रसाद वैद्य करिब सय वर्षदेखि पूर्वीपहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभालगायत जिल्लामा यो जात्रा मनाइने गरेको बताउँछन् ।
जातीय र सांस्कृतिक सद्भाव बलियो बनाउने अवसर पनि यही जात्रा हुने गरेको उनले बताए। यो वर्ष पनि नेपाल भाषा तथा संस्कृति समाजले जात्रा आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार