
इलाम। नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहका इलाम इन्चार्जसहित तीन कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुको साथमा विष्फोटक पदार्थ र नगद पनि सुरक्षाकर्मीले बरामद गरेको छ ।
प्रहरीले विप्लव समूहका इन्चार्ज ५४ वर्षीय पुष्पबहादुर कोइराला हिमाल, कार्यकर्ताहरु १८ वर्षीय पासाङ्ग डण्डु शेर्पा, र १९ वर्षीय पासाङ्ग तामाङ्ग सौरभलाई मंगलबार माइ नगरपालिका वडा नं. ९ स्थित बारुङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनीहरुलाई विष्फोटक पदार्थ र नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रममा बलपूर्वक भाग्न खोजेकाले सात राउण्ड फायरिङ्गसमेत गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुसँगै प्रहरीले प्रेसर कुकर बम, सकेट बम, कुपी बम, पाइप फिट गरेको बम, चाकुलगायत विष्फोटक पदार्थ बरामद गरेको छ । उनीहरुको साथबाट नगद ३३ हजार सात सय ८० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।


1261 पटक हेरिएको 






