ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी हुँदा ८ घर नष्ट, लाखाैंकाे क्षति

  सरलपाटी संवाददाता

 581 पटक हेरिएको

इलाम। ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रबार राती भएको आगलागीले ८ घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाईनमा आगलागी भएको हो । राती करिब साढे १० बजे भएको आगलागीले स्थानी खेम केसी, खड्क थापा लगायतका स्थानीयको घरहरु जलेका हुन् ।
आगो नियन्त्रण गर्ने क्रममा अन्य दुई घरहरु भत्काईएका छन् । भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी कसको घरबाट,  कसरी आगो सल्किएको हो भन्ने एकिन भएको छैन ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयको सकृयतामा दुई घण्टा पछि आगो नियन्त्रणमा लिईएको थियो । आगलागीले मानविय क्षति भने नभएको बताइएकाे छ । क्षतिकाे विस्तृत विवरण भने आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार