
इलाम।नेपाल निजामती कर्मचारी संगठनले जिल्लाका १० स्थानीय तहलाई २÷२ वटा थर्मल गन प्रदान गरेको छ । संगठनको जिल्ला समितिले २ लाख मूल्य बराबरको थर्मल गन जिल्ला समन्वय समितिमार्फत् शुक्रबार स्थानीय तहहरूलाई वितरण गरेको संगठनकी जिल्ला अध्यक्ष रमन्ता पौडेलले जानकारी दिइन् । इलामस्थित करुणा फाउन्डेसनले पनि जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । फाउन्डेसनले प्रत्येक स्थानीय तहलाई ३ सेट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), ३ थान आइआर थर्माेमिटर, १० थान मास्क, ८ थान सर्जिकल ग्लोब्स, ८ लिटर सेनिटाइजर र ३२ वटा साबुन प्रदान गरेको हो । फाउन्डेसनका व्यवस्थापक अजित योञ्जनले शुक्रबार जिल्ला समन्वय समिति प्रमुख गणेश बरालमार्फत् जिल्लाका स्थानीय तहहरूलाई यी सामग्री हस्तान्तरण गरेका छन् ।


1046 पटक हेरिएको 






