दुई पालिकाले ३० लाख भन्दा बढी रकमा कोषमा जम्मा

काेषामा सहयाेग गर्न अनुराेध

  सरलपाटी संवाददाता

 586 पटक हेरिएको


इलामका दुई पालिकाले कोरोना भाइरस (कोभिड – १९) प्रकोप रोकथाम तथा नियन्त्रणका लागि ३० लाख भन्दा बढी रकम कोषमा जम्मा गरेका छन् ।
फाकफोकथुम गाउँपालिकाले विपत व्यवस्थापन कोषमा २० लाख ६६ हजार आठ सय रुपैँया र इलाम नगरपालिकाले कोरोना नागरिक सुरक्षा कोषमा १० लाख रुपैँया गरी ३० लाख ६६ हजार आठ सय रुपैँया जम्मा गरेको हो ।

फाकफोकथुमले पालिकाको तर्फबाट १८ लाख र कार्यपालिका सदस्यहरुको १५ जनाको एक महिनाको सेवासुविधा बापतको रकम दुई लाख ६६ हजार आठ सय रुपैयाँ कोषमा जम्मा गरेको पालिकाका उपाध्यक्ष सरस्वती राईले जानकारी दिएकी छिन् । यस्तै इलाम नगरपालिकाले पनि एक महिनाकै सेवासुविधा कोषमा जम्मा गरेको नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार साहले जानकारी दिए ।
साहका अनुसार कोषमा नगरपालिकाले स्वेच्छिक रुपले सहयोग गर्नको लागि कर्मचारी, शिक्षक र विभिन्न संघसस्था तथा व्यक्तिहरुलाई आग्रह समेत गरेको छ । यस आग्रहलाई स्वीकार गर्दै इलाम नगरपालिकाका कर्मचारी र शिक्षकहरुबाट एक दिन बराबरको तलब जम्मा गर्ने भएको अधिकृत साहले जानकारी दिए ।

महामारीलाई रोकथाम गर्नको लागि हाल इलामका १० पालिकामा दुई सय ७४ जना अट्न सक्ने क्षमताको क्वारेन्टाइनको व्यवस्था समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार