काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका १ सय ८० देशमा पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको एजेन्सीले जनाएको छ ।
कोरोना भाइरसका कारण विश्वभर हिजो एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ। सबैभन्दा बढी इटलीमा ६ सय ५१ जनाको मृत्यु भएको छ। स्पेनमा ३ सय ७५, अमेरिकामा १ सय १४, इरानमा १ सय २९ तथा फ्रान्समा १ सय १२ जनाको मृत्यु भएको छ। त्यस्तै कोरोना संक्रमणबाट बेलायतमा ४८ तथा नेदरल्याण्डस्मा ४३ जनाको मृत्यु भएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्य थुप्रै देशमा मानिसहरुको मृत्यु भइरहेको छ। इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ। त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ। इरानमा मृत्यु हुनेको संख्या १ हजार ६ सय ८५ पुगेको छ।


415 पटक हेरिएको 






