दक्षिण कोरिया /राजधानी सौलबाट करीब ८५ किलोमीटर टाढा छनान शहरको हाब्दोङमा कार्यरत एक नेपालीको निधन भएको छ ।
नेपाल धनकुटा बजार घर भएका ५१ वर्षीय उत्तरकुमार राईको उपचारको क्रममा निधन भएको हो । राई करिब १० बर्ष अघि लुम्बिनी मेनपावर मार्फत कोरिया आएका थिए । उनकाे नेपालमा रहदादेखिनै मुटुमा सामान्य समस्या रहेको र नियमित उपचार पछि सामान्य अवस्थामा रहेको थियो ।
काम गरिरहेको अवस्थामा अचानक कार्यस्थलमा नै ढल्न पुगेको र उपचारका लागि अस्पताल लाने क्रममा अस्पतालले राईलाई मृत घोषण गरेको थियो । मृतक राईको नेपालस्थित घरमा एक छोरी र श्रीमती रहेका छन । मृतक राईको शवलाई स्थानीय अस्पतालमै राखिएको र नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया सुरु गरी सकिएको धनकुटा सेवा समाजका अध्यक्ष परदेश राईले जानकारी गराएका छन ।
नेपाली यूवाहरुको लागि आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा पछिल्लो समय दुर्घटना, आत्महत्यालगायत विभिन्न कारणले मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्नु अत्यन्तै चिन्ताको विषय बन्दै गइरहेको छ ।
काेराेनाबाट ५४ काे मृत्यू
यस्तै अहिले विश्वलाई आतंकित बनाईरहेकाे चीनको वुहान शहरबाट फैलिएको मानिएको कोभिड -१९ अर्थात कोरोना भाइरसका कारण संक्रमित हुनेहरुको संख्या करिब ७६ सयभन्दा बढी पुगेको छ भने एक जना मङ्गोलियाका विदेशी नागरिकसहित ५४ जनाको मृत्यु भईसकेको छ ।


13189 पटक हेरिएको 






