माउण्टमेरीले कोरोना संक्रमणबाट सजग रहन माक्स वितरण गर्यो

काेराेना त्रास

  सरलपाटी स‌म्वाददाता

 865 पटक हेरिएको


इलाम नगरपालिकास्थित विब्ल्याँटेमा रहेको माउण्टमेरी अंग्रेजी बोर्डिङ्ग स्कूलले मंगलबार आफ्ना विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बँच्नका लागि सचेत गराएको छ ।
विद्यालयले विद्यार्थी तथा शिक्षकहरुलाई माक्स वितरण गर्दै कोरोना भाइरस र यसबाट बच्ने उपायहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको विद्यालयका प्रिन्सिपल अनिल प्रधानले बताए ।
विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिम मुलुकमा राखेको तथा नेपालीमा पनि संक्रमण देखिएकाले सचेतनाका लागि माक्स वितरण गरिएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार