अटो दुर्घटना हुँदा इलाममा चालकको मृत्यु

चालकको मृत्यु

  सरलपाटी सम्वाददाता

 388 पटक हेरिएको

ईलाम । अटो अनियन्त्रित भई दुर्घटना हुँदा ईलाममा अटो चालकको मृत्यु भएको छ । ईलाम नगरपालिका ९ का २० वर्षिय चालक अबिकल सुन्दासको मृत्यु भएको हो ।

ईलाम नगरपालिका – ७ तिल्केनी मोडस्थित मेचि राजमार्गमा ईलाम बजारबाट गोलाखर्कतर्फ जाँदै गरेको मे.१ ह ३०२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटो सडकबाट करिब १५ मिटर तल झरेको प्रहरी नायब उपरीक्षक लालध्वज सुबेदीले बताए । उनका अनुसार, मृतक सुन्दास दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

इलाम अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारार्थ बिराटनगरको नोवेल अस्पताल तर्फ लैजादै गर्दा उनको गएराती बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार