ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

कार्यक्रम

  सरलपाटी सम्वाददाता

 562 पटक हेरिएको

इलाम । इलाममा एक दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सडक बमोजिमको गति, ट्राफिक चिन्ह, सडक रेखा, दुर्घटनाका कारण, सुरक्षित दुरी लगायतका बिषयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला सम्वनय समिति इलामको हलमा आइतबार सम्पन्न कार्यक्रममा इलामका प्रमुख प्रहरी उपरीक्षक नवीनराज राईले सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्लाका चालक, सह–चालक तथा सम्बन्धित निकायका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले आ–आफ्ना जिज्ञासा समेत राखेका थिए । जिल्ला प्रहरी कार्यलय इलामको आयोजना तथा यातायात व्यवस्था सेवा कार्यलय इलाम, पुर्वेली जीप तथा ट्याक्सी व्यवसायी प्रा.लि. इलामको सहकार्यमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार