इलाम । इलामको इलाम नगरपालिका ६ स्थित एक विपन्न परिवारलाई एक लाख भन्दा बढीको आर्थिक सहयोग गरिएको छ । सो परिवारलाई एक लाख १० हजार रुपैँया बराबरको सहयोग गरिएको हो
घर निर्माण, आवश्यक सामान, कपडा लगायतका सामाग्रीमा यस बराबरको रकम खर्च गरिएको चन्द्र हाङ्खिम राईले जानकारी दिए । आवश्यक सामाग्री र निर्माण गरिएको जस्ताको घरको चाबी जिल्ला समन्वय समिति इलामकी सदस्य निरुमाया राईको हातबाट आइतबार हस्तान्तरण गरिएको छ ।
राईका अनुसार, यो रकम बुद्धमाया सोङ्मी, चन्द्र हाङ्खिम राई र दुर्गा राईको पहलमा सामाजिक सञ्जालबाटै संकलन भएको हो । सामाजिक सञ्जालबाट ८६ हजार दुई रुपैँया नगद संकलन भएको थियो भने बाकी चाहिँ सामान नै प्राप्त भएको राईले जानकारी दिए ।
चार छोरा तीन छोरी र आमा गरी आठ जनाको परिवारलाई एक हप्तामा एक घर निर्माण गरी अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको हो । घर विशाल वान्तवाको नेतृत्वमा बनेको बताइएको छ । जाडो मौसममा पनि चिसो भुईमा सुत्नु पर्ने वाध्यता, आज कमाउ आजै खाऊको अवस्थामा रहेका परिवारलाई आर्थिक सहयोग गर्न पाउदा खुशी भएको सहयोगीहरुको भनाई छ ।



803 पटक हेरिएको 






