सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो

भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 253 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

हिजो ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार नै स्थिर नभएकाले नेपाली बजारमा सुनको भाउ तलमाथि भइरहेको व्यवसायीहरुको भनाइ रहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

हिजो १३ सय रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १३ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार