गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त

कोरोनाले ११ जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 266 पटक हेरिएको

काठमाण्डौ । गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण गरिएकोमा ५ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा काठमाण्डौमा एक सय ७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना सङ्क्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म दुई लाख ५३ हजार ७ सय ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै, गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ८८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार