सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्यो

भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 282 पटक हेरिएको

इलाम । सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ ।

गएको साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको भाउ तोलामा ९० हजार रुपैयाँमा झरेको थियो ।

गएको सोमबार ९० हजार रुपैयाँमा झरेको सुनको भाउ त्यसपछि फेरि उकालो लाग्न थालेको छ । विश्वमा कोरोना भाइरसको खोप विकास भएको र अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि सुनको भाउ घट्ने अनुमान गरिएको थियो । तर, त्यसका बाबजुत पनि भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अहिले सुनको भाउ यसै बढ्यो भन्ने कुनै पनि ठोस कारण छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार