इलामका अग्रज पत्रकार गौतमलाई मातृशोक

मातृशोक

  सरलपाटी सम्वाददाता

 568 पटक हेरिएको

इलाम । इलामका अग्रज पत्रकार धर्म गौतमलाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ, इलामका र पाँचथर संयुक्त साखाका संस्थापक सभापती साथै इलामपोष्ट दैनिकको सल्लाहकार समेत रहेका गौतमलाई गएराती मातृशोक परेको हो ।

उनको ९८ वर्षकी आमाको राती ९ः२० मा निधन भएको हो । आमा कौशिला गौतमका एक छोरा र चार जना छोरी सहित पाँच जना छन् । जेठी छोरी भने बितिसकेको पारिवारिक स्रोतले जनाएको छ । सन् १९८० मा जन्मिएकी उनमा हालसम्म त्यस्तो गम्भीर रोग भने  लागेको थिएन ।

गौतमकी एक मात्र छोरा धर्म  गौतम स्थानीय एफएम रेडियो नेपालवाणी र चियाबारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्थे । यस्तै दैनिक पत्रिका तथा अनलाईनमा नियमित स्तम्भ लेख्छन् । हाल भने सबै कार्यबाट विस्तारै विश्राम लिदै आएको बताइएको छ ।

विगत चार दशकयता पत्रकारितामा क्रियाशील रहेका अग्रज पत्रकार गौतमको पत्रकारितामा अतुलनीय योगदान छ । उनको योगदानलाई कदर गर्दै विभिन्न समयमा उनलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार