इलाम । इलाममा आज एकै दिन १५ जना नयाँ संक्रमित थप भएको पुष्टि भएको छ । ४० जनाको स्वाब संकलनमध्ये १५ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ ।
आज संक्रमण पुष्टि भएकासँगै हालसम्म इलामका दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । आजका संक्रमित सबै इलाम नगरपालिकाका मात्रै हुन् । जसमा इलाम नगरपालिका वडा नम्बर – ७ का १३, वडानम्बर – ९ र ६ को एक÷एक जना गरी १५ जना रहेको पालिकाका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए ।
उनका अनुसार, हालसम्म एक सय ६८ जना उपचारपछि घर फर्किसकेका छन् । इलाममा सक्रिय सक्रमितको संख्या ८० जना रहेका छन् ।
जिल्लाभित्र र बाहिर उपचारका क्रममा कोरोना भाईरसका कारण मृत्यु हुनेको कुल संख्या भने १२ पुगेको छ ।