आज थपिए १ हजार ३०४ कोरोना सङ्क्रमित

२ हजार ७३ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 254 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेको छ । मङ्गलबार थप एक हजार तीन सय चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार पाँच सय ८३ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय चार जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख १६ हजार पाँच सय ९४ पुगेको छ ।

अब नेपालमा १६ हजार ६ सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय १६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २१ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार