भीरबाट पिकअप खस्दा दुई जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 299 पटक हेरिएको


इलाम । इलामको फाकफोकथुम गाउँपालिका–५ थुुम्केभीर भन्ने स्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे पाँच बजेति पिकअप दुर्घटना हुँदा माइ नगरपालिका–९ का ४० वर्षका दिनेश लिम्बुर इलाम नगरपालिका–११ का ३० वर्षका नविन तामाङको दुर्घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
दुर्घटनामा परि माई नगरपालिका–१ का ३० वर्षका बिकास तामाङ गम्भीर घाइते भएका छन् । उनको इलाम अस्पतालमा उपचार भइरहेको छ । पाँचथरको रबिबाट नवमी हुँदै इलाम तर्फ आउँदै गरेको तरकारी बोकेको को२च१५ नम्बरको पिकअप अनियन्त्रित भएर भीरबाट पाँचसय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक नविन कुमार राईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार