थप एक हजार तीन सय ८० जनामा कोरोना सङ्क्रमण

१९ जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 245 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर एक हजार तीन सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

नौ हजार तीन सय ६८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ८० लाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३० हजार सात सय २३ पुगेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये २ लाख ११ हजार १८६ जना निको भएका छन् । अहिले नेपालमा १८ हजार ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १५ जना निको भएर डिस्चार्च भएका मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १९ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार चार सय ५४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार