पिँडालु र सखरखण्डले शरीरमा फाइदा गर्छ

पोषणविद् के भन्छन् ........

  सरलपाटी सम्वाददाता

 706 पटक हेरिएको

काठमाण्डौ । पिँडालु र सखरखण्ड खानाले शरीरमा फाइदा गर्ने विज्ञले बताएका छन् । पिँडालु सखरखण्ड लगायतका कन्दमुल खानाले शरीरलाई निक्कै फाइदा पुग्ने पोषणविद् योगिता सापकोटाले जानकारी दिइन् ।

पिँडालुमा भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्त्व पाइन्छ । यी तत्त्व हाम्रो शरीरका लागि निकै उपयोगी हुने उनको भनाइ छ । यस्तै पिँडालुले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ ।

ब्रत बसेको बेला पिँडालु खाँदा यसमा पाइने फाइबरले पेट भरीएको महशुस हुने उनको भनाइ छ । यस्तै सखरखण्डले जाडोमा शरीरलाई न्यानो बनाइ राख्न सघाउ पुर्याउने पोषणविद् सापकोटा बताउछिन् । सखरखण्डमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्ने भएकाले लाभदायीक हुने उनको भनाइ छ । तर सुगरका बिरामीले भने यो धेरै मात्रामा खान हुँदैन ।

एकादशी लगायतका व्रतका बेला धेरै मानिसले पिँडालु, सखरखण्ड लगायतका कन्दमुल खने गर्छन् । यसैबीच काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा बुधबार १० टन पिँडालु र सखरखण्ड भित्रिएको छ । बुधबार र विहिबार एकादशी परेकाले कालीमाटीमा १० टन पिँडालु र सखरखण्ड भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य अर्जुन सुवालले जानकारी दिइन्।

उनका अनुसार, अरु बेला पिँडालु र सखरखण्ड निक्कै कम मात्रामा भित्रने गरेको थियो । कालीमाटी बजारमा आज पिँडालु र सखरखण्डको थोक मूल्य किलोको ५० देखि ६० रुपैयाँ तोकिएको छ । एकादशीमा धेरै मानिसले पिँडालु र सखरखण्ड खाने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार