२४ घण्टामा थपिए १ हजार ७९० कोरोना सङ्क्रमित

२ हजार ७९१ जना भए डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 218 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । मङ्गलबार थप एक हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१० हजार आठ सय ४३ जनाको नमुना परीक्षण गर्दा एक हजार सात सय ९० जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ९१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख चार हजार आठ सय ५८ पुगेको छ ।

अब नेपालमा १७ हजार आठ सय ५९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय २७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २४ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ६१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार