परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि

  सरलपाटी सम्वाददाता

 216 पटक हेरिएको

काठमाण्डौ । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएको जनाइएको छ ।

देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छन् । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरे ।

४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार