मौसमका कारण प्रधानमन्त्री चडेको हेलिकप्टर ल्याण्ड हुनै नसकेपछि …….

कार्यक्रम रद्ध

  सरलपाटी सम्वाददाता

 397 पटक हेरिएको

इलाम । इलामको सन्दकपुर गाउँपालिकास्थित जौबारीमा स्थापित प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्ध भएको छ । मौसममा आएको प्रतिकुल परिवर्तनका कारण प्र.म. ओली चडेको हेलिकप्टर इलाममा ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्ध गरिएको हो ।

कार्यक्रम रद्ध भएसँगै नेपाल भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा भेला भएका कार्यकर्ता, स्थानिय, जनप्रतिनिधि लगायतका सहभागी निराश भएर फर्किएका छन् । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा परिचालित गरिएको थियो ।

कार्यक्रमका लागि स्थानिय जनप्रतिनिधि, विभिन्न कार्यलय प्रमुख, आमसञ्चारमा आबद्ध पत्रकार, स्थानिय गरी पाँच सय भन्दा बढीको सहभागीता रहेको गाउँपालिकाले जनाएको छ ।

नेपाल भारतको सिमाक्षेत्र निरीक्षणका लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीमा प्रधानमन्त्री ओली १ बजे आउने समयसिमा तय भएको पालिकाका उपाध्यक्ष शोभा पराजुलीले जानकारी दिइन् ।

उनले भनिन्, ‘मौसमका कारण देखाउदै हेलिकप्टर विराटनगरमा ल्याण्ड भएपछि कार्यक्रमलाई प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सम्बोधन गर्दै समापन गर्नुभयो ।’

गएको मंसिर ५ र ७ गते तय भएको कार्यक्रम दुई पटक रद्ध गरी आजका लागि समय तय भएको थियो । मौसमले साथ नदिएपछि आज समेत प्रम ओली जौबारी आइनपुगेको बताइएको छ ।

इलाममा १ बजे आईपुग्ने भनिए पनि ताप्लेजुङ्गबाट कार्यक्रम सकेर प्रधानमन्त्री ओली सवार हेलिकप्टर १ बजे मात्रै इलाम तर्फ उढेको उपाध्यक्ष पराजुलीले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार