इलाम । प्रधानमन्त्री केपी शर्मा ओली इलाममा स्थापित प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) निरीक्षणका लागि इलाम आउदैछन् । प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा स्थापित बिओपी निरीक्षण गर्न ताप्लेजुङ्गको घुन्सा हुदै सोमबार इलाम आइपुग्ने बताइएको हो ।
इलामका विभिन्न पालिकाका सिमानाका भारतसँग जोडिएको हुनाले जिल्लाका विभिन्न स्थानमा बिओपी स्थापना भएका छन् । आज निरीक्षण गरिने सन्दकपुर गाउँपालिकाको जौबारीमा रहेको सहित जिल्लामा जम्मा ६ ओटा बिओपी रहेका छन् ।
कार्यक्रमका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की , प्रदेश सभा सदस्य तथा प्रदेश नं. १ का भुमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानामगर, इलाम, सुर्योदय, देउमाई नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी सहितको टोली लगायत विभिन्न मिडियामा आबद्ध पत्रकारहरु कार्यक्रम स्थलमा पुगीसकेको प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाइले जानकारी दिए ।
इलाममा सोमबारको कार्यक्रम भएकाले आइतबार नै प्रधानमन्त्री ओली ताप्लेजुङ्गको घुन्सा प्रस्थान गरेको बताईएको छ । घुन्साको कार्यक्रम पछि इलाम आईपुग्ने कार्यक्रम छ ।