नेपालमा सङ्क्रमितको संख्या एक लाख ९१ हजार नाघ्यो

३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित

  सरलपाटी सम्वाददाता

 268 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ९१ हजार नाघेको छ ।

गएको २४ घण्टामा दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार