इलाम । आज प्रदेश १ मा ५९५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु होम आइशोलेसनका ५६३, बेलबारी आइशोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभाका ४, विराट मेडिकल कलेज, बैजनाथपुर आइशोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाइजन आइशोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २–२ जना डिस्चार्ज भएका हुन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै आजकै दिन ४०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु मोरंगका १३४, झापाका ११८, सुनसरीका १०२, उदयपुरका १५, धनकुटाका ११, इलामका ३ जना रहेका छन् ।
यसैगरी संखुवासभाका २, ते¥हथुमका १ र प्रदेश १ बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको कुल संख्या २० हजार ८०२ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५९ महिला र २४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।